Home समाचार उपनिर्वाचन बारा-२: उम्मेदवारले २९ लाखसम्म खर्च गर्न पाउने

उपनिर्वाचन बारा-२: उम्मेदवारले २९ लाखसम्म खर्च गर्न पाउने

by अंकुश दैनिक
0 views

बारा। 

निर्वाचन आयोग नेपालले बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा उम्मेदवारले अधिकतम २९ लाख सम्म खर्च गर्न पाउने जनाएको छ । आयोगले बुधवार विज्ञप्ति जारी गर्दै उम्मेदवारको खर्च सीमा निर्धारण गरेको हो ।

आयोगले बारा २, चितवन २ का उम्मेदवारले अधिकतम २९ लाख र तनहुँ १ का उम्मेदवारले ३१ लाख खर्च गर्न सक्ने जनाएको छ । नेपालको राजपत्रमा तोकिए बमोजिमको सिमा भित्र रहेर उम्मेदवारले चुनाव प्रचारका लागि खर्च गर्न सक्नेछन् ।

आयोगले निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा खर्च विवरण पेश गर्न समेत विज्ञप्तिमार्फत सूचित गरेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.