Home समाचार पुर्वमन्त्री अब्दुल खानले दर्ता गराए साइबर ब्यूरोमा जाहेरी

पुर्वमन्त्री अब्दुल खानले दर्ता गराए साइबर ब्यूरोमा जाहेरी

by अंकुश दैनिक
0 views

 

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
पुर्वमन्त्री अब्दुल खानले साईबर ब्यूरोमा जाहेरी दर्ता गराएका छन् । अश्लील भिडियो बनाएर प्रचार प्रसार गर्ने समूहलाई कारवाहीको माग गर्दै उजुरी दर्ता गराएको हो ।
पूर्वमन्त्री खानले आफैँ काठमान्डौको भोटाहिटीस्थित रहेको साईबर ब्यूरोमा पुगेर आफ्नो भिडियो बनाई प्रचार प्रसार गर्नेलाई कारवाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् ।
उनले आफूलाई चरित्र हत्या गर्ने गरी योजनाबद्ध एवम् गैर–कानुनी तरिकाले अश्लिल भिडियो बनाई विभिन्न समाजिक संजालमा विभिन्न समूहमा प्रचार प्रशार गरि जनमत पार्टीलाई बदनाम गर्न खोजेको भन्दै उजुरी दर्ता गराएका छन् ।
डिजिटल क्रान्तिका गलत कुराबाट बच्न सबै सचेत एवं गलत कार्यको विरूद्ध सहयोग गर्न अनुरोध गर्दै खानले भिडियो बनाउने प्रचारप्रसार गर्ने व्याक्ति समुहलाई कानुनी कारवाहि गर्न नेपाल प्रहरीले देखाएको तत्परताप्रति प्रशँसा व्यक्त गरे ।
सो क्रममा साईबर ब्यूरोले भिडियो बनाएर भिडियो लीक गर्नेहरुको नाम सार्वजनिक गरी यथाशिघ्र कारवाही गर्ने आश्वासन दिएको बताईएको छ । ज्ञातव्य छ, पूर्व खानेपानी मंन्त्री खानको एक अनलाईन चाटीँगको भिडियो समाजिक सँजालमा भाईरल बनाएको हो । जसको पनि अनुहार हालेर बनाउन सकिन्छ भिडियोः
प्रविधिको युगमा अहिले विभिन्न गिरोह, ठगहरु सक्रिय भएका छन् । जनकपुरबाट मात्र २३ जना पक्राउ परे । उनीहरुले समेत विभिन्न धनाढय व्यक्तिहरुको अनुहार समावेश गरी अश्लिल भिडियो बनाएर ठगी, ब्लैकमेलिँग गर्दै आएको बुझिएको छ ।
भारत, पाकिस्तान लगायत अन्य देशहरुमा यस्ता गिरोह नै सक्रिय रहेको छ । पोर्न भिडियोमा सफ्टवेयर मार्फत अनुहार परिवर्तन गरी ब्लैकमेल गर्ने गरिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.