Home समाचार नक्कली परिक्षार्थी बनाई परिक्षा दिनलगाउने नगर प्रमुख साह बिरुद्ध पक्राउ पुर्जी जारी

नक्कली परिक्षार्थी बनाई परिक्षा दिनलगाउने नगर प्रमुख साह बिरुद्ध पक्राउ पुर्जी जारी

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
देवाहीगोनाही नगरपालिकाका मेयर प्रेमलाल साह विरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको हो ।
सट्टामा मान्छे राखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी आईतबार पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालतले नगर प्रमुख समेत रहेका परिक्षार्थी साह विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।
अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएकोले उनीमाथि पनि छानबिन गर्नु परेकोले जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
बुढामगरले भने अहिले मेयर भन्दा पनि परिक्षार्थी भएकाले सोही बमोजिमको अनुसन्धान कार्य गर्दैछौं ।
नगर प्रमुख साहको सट्टामा एसईई दिंदै गरेको आरोपमा गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह पक्राउ परेका थिए ।
मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फका परीक्षार्थी नगर प्रमुख साहले आफ्नो सट्टामा कमल साहलाई परीक्षा दिन लगाएको खुलेको प्रहरीको भनाई रहेको हो ।
पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास शाखामा पांचौ तहमा कार्यरत कर्मचारी हुन् ।
पक्राउ परेका साहले प्रहरी अनुसन्धानका क्रममा न. प्रमुख प्रेमलाल साहले आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेकाे प्रहरीको भनाई छ ।
मेयरले भरेको परीक्षा फर्म, रजिष्ट्रेशन तथा परीक्षाका अन्य कागजातमाथि प्रहरीले अनुसन्धान गरिरहेको जानकारी गराए।
शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुबै हुन सक्ने व्यवस्था रहेको छ ।
मेयर प्रेमलाल साहले बिज्ञप्ति निकालेर ,मेयरको नाउँमा नक्कली परीक्षार्थी पक्राउ शिर्षक राखी विभिन्न संचार माध्यम एवंम सामाजिक संजालमा प्रकाशित/प्रसारित समाचार /प्रति गम्भीर ध्यानाकार्षण भएको भन्दै नगर प्रमुख साहले बिज्ञप्ती निकालेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.