Home समाचार गौरको इन्दु होटेलमा प्रहरीका छापा, होटेल संचालिका सहित पाँचजना पक्राउ

गौरको इन्दु होटेलमा प्रहरीका छापा, होटेल संचालिका सहित पाँचजना पक्राउ

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।

रौतहट जिल्लाको सदरमुकाम गौरको बस पार्कस्थित रोयाल इन्दु होटेलमा यौन जन्य गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले होटलकी सञ्चालिकासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय गौरमा प्राप्त भएको गोप्य सुचनाको आधारमा प्रहरीले आईतवार दिउसो रोयाल इन्दु होटेलमा प्रहरीले छापा मारेको हो । प्रहरीले छापा मारेर २ जना पुरुष, दुई जना महिला सहित संचालिकालाई पक्राउ गरेर अनुसन्धानको लागि हिरासतमा राखिएको छ ।

यौंनधन्धाको आरोपमा दुई महिला, दुई पुरुष तथा उक्त कार्य गराउने होटेलकी संचालिका अहिले प्रहरी हिरासतमा रहेको त्यस वारे अनुसन्धान पछि यथार्थ जानकारी दिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

श्रोतका अनुसार पक्राउ पर्नेमा घुमुवाको रुपमा कार्यरत सशस्त्र प्रहरीको सहायक हवलदार दिनेश यादव पनि रहेको र त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बुझिएको छ ।

दुई दिन अघि गौर नपा १ स्थित गुदरी बजार जाने गल्लीको बाटोमा साहिवा ब्यूटी पार्लरको आडमा अबैध यौंन धन्धामा संलग्न एक महिला एक पुरुष र व्यूटीपार्लरका संचालिकालाई पक्राउ गरेर मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।

रौतहटको गरुडा, चन्द्रपुर नपाको बागमति सहितका विभिन्न स्थानहरुका केही होटेलहरुमा यस्ता अबैध धंन्धाहरु संचालन भईरहेको जानकारीमा आएको हुँदा प्रहरीले उक्त अबैध धंन्धा गर्ने गराउनेहरुलाई चाँडै नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कारवाही चलाउने चेतावनी समेत दिएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.