Home समाचार रौतहटमा भिषण आगलागी,२१ वटा घर जलेर नष्ट

रौतहटमा भिषण आगलागी,२१ वटा घर जलेर नष्ट

by अंकुश दैनिक
3 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
जिल्लाको माधव नारायण नगरपालिका विसुनपुर्वा मानपुरमा आईतवार दिउँसो भिषण आगलागी भएको हो ।
माधवनारायण नगरपालिकाको वडा नं. ४ विसुनपुर्वा मानपुरमा भएको आगलागीमा २१ वटा घर जलेर नष्ट भएका छन् । स्थानिय जिउत मुखियाको घरबाट सल्कीएको आगोले बस्तीका २१ घर खरानी बनाएको हो ।
आगलागी दिउँसो करिब २ बजेर ३० मिनेटमा शुरु भएको थियो । आगलागीका कारण मानविय क्षति अहिले सम्म नभएको तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।हाल आगलागी नियन्त्रण आउन सकेको छैन् । आगलागीलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको हो । यसबारे थप विस्तृत विवरण आउँन बाँकी रहेको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.