Home समाचार प्रधानमन्त्रीलाई उद्याेग मन्त्री रिजालको आग्रह : बैंककाे ब्याजदर घटाइदिनुस्

प्रधानमन्त्रीलाई उद्याेग मन्त्री रिजालको आग्रह : बैंककाे ब्याजदर घटाइदिनुस्

by अंकुश दैनिक
0 views

बिरगंज । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग बैंककाे ब्याजदर घटाउन आग्रह गर्नुभएको छ ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री रिजालले मुलुक अहिले चुनौतीपूर्ण समयबाट गुज्रिरहेको बताए ।

‘आर्थिक अवजस्था त्यत्ति राम्रो छैन । आयात निर्यातमा ठूलो ग्याप भएको छ । व्यवासीहरु निरुत्साहित हुनु भएको छ । उद्योगीहरुको उद्योग ठप्प भएको छ । धेरै गुनासोहरु हामीले सुन्नु परेको छ’ उनले भने ।

देशलाई समृद्धितर्फ लैजाने भन्दै यसका लागि उद्योगी व्यबसायिले पाएको दु:ख बुझ्नेको बताए । व्यबसायीमा बैंक ब्याजदरको समस्या रहेको भन्दै उनले बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

‘मैले थाहा पाएसम्म तपाईंहरुको बैंकको विषय छ । यस्ता समस्याबाट गुज्रिनु परेको छ । कहीँ वनको समस्या आएको छ, कहीँ भूमि सुधारका समस्याहरु आएका छन् । यस्ता समस्यामा कुनै पनि बेला तपाईंहरु आएर कुरा गर्न सक्नुहुन्छ’ उनले भने ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.