Home समाचार थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

by अंकुश दैनिक
0 views

काठमाडौं ।

नेपालमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको छ । बिहीबार १०६ संक्रमित थपिएका छन् । जसमा ५४१ पीसीआर परीक्षणबाट ६४ तथा ९४७ एन्टिजेन परीक्षणबाट ४२ संक्रमित थपिएका हुन् । बिहीबार ७४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी ३१ हजार ५५५ जनाले खोप लगाएका छन् ।

हाल पीसीआर परीक्षणबाट संक्रमित पुष्टि भएका सक्रिय संक्रमितको संख्या ४३५ रहेको छ । काठमाडौं उपत्यकामा भने अस्पतालमा भर्ना हुने संक्रमित बढेका छन् । जसमा २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै १२ जना आईसीयूमा तथा ३ जना भेन्टिलेटरमा रहेका छन् । बिहीबार थप कसैको ज्यान गएको छैन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.