Home समाचार नेपाल नेत्र ज्योती संघ रौतहटको सभापतिमा सिंह पुनः निर्वाचित

नेपाल नेत्र ज्योती संघ रौतहटको सभापतिमा सिंह पुनः निर्वाचित

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह

रौतहट ।
नेपाल नेत्र ज्योती संघ रौतहटको सभापतिमा विजय कुमार सिंह दोश्रो कार्यकालकालागि पुनः निर्वाचित भएका हुन् । गौर आँखा अस्पताल पुरेनवामा सम्पन्न साधारण सभा र जिल्ला अधिवेशनबाट सिंह निर्वाचित भएका हुन् । अधिवेशनमा सभापतिको लागि सहमति जुटाउने प्रयास असफल भएपछि निर्वाचन गराइएको थियो । २ जनाको उम्मेदवारी परेको सभापतिमा ७१ मत प्राप्तगरी सिंह निर्वाचित भएको हो ।
उनको प्रतिस्पर्धी ज्ञानी राय यादवले २८ मत प्राप्त गरेका थिए भने १ मत बदर भएको निर्वाचन अधिकृत तथा सङ्घको केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पोखरेलले जानकारी दिए । सङ्घको जिल्ला कार्य समितिको सदस्यहरूमा बच्चा प्रसाद यादव , नवीन कुमार केसरी,शिव मङ्गल साह, , रामेश्वर सिंह राजपुत, अयुद मिया कवारी, राजेन्द्र प्रसाद साह, सुरेन्द्र कुमार यादव,नवल किशोर पंडित, उमेश प्रसाद पटेल, संजिव कुमार मल्लिक र महिला सदस्यमा भुवनी गिरी श्रेष्ठ, निर्माला श्रेष्ठ उप्रेती लगायतका चुनिएका हुन् ।
यसभन्दा अघि एक कार्यक्रम मार्फत साधारणसभा तथा जिल्ला अधिवेशनको उद्घाटन गरिएको थियो । नेपाल नेत्र ज्योति संघ रौतहटको सभापति विजय कुमार सिंहको सभापतित्व तथा गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम मार्फत उद्घाटन गरिएको थियो ।
राम बिश्वास मुखियाले संञ्चालन गरेको सो कार्यक्रममा सङ्घको केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पोखरेल, सङ्घको पूर्व जिल्ला सभापति दुर्गा प्रसाद यादव, गौर न पा ५ को वडाध्यक्ष शिव शंकर यादव, वडा नम्बर ८ को अध्यक्ष जनार्दन साह,रौतहट एफ एमको अध्यक्ष रेवन्त झा, मोहन कुमार यादव, पत्रकार शैलेन्द्र गुप्ता तथा आजिवन सदस्यहरूको सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.