Home समाचार कोरोनाका १०४ संक्रमित थपिए, एकको मृत्यु

कोरोनाका १०४ संक्रमित थपिए, एकको मृत्यु

by अंकुश दैनिक
0 views

काठमाडौं ।

कोरोना भाइरसका १०४ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७१ पीसीआर परीक्षणबाट ६३ तथा १ हजार ६१ एन्टिजेन परीक्षणबाट ४१ संक्रमित थपिएका हुन् ।

कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १२ हजार २३ पुगेको छ । त्यस्तै ६० जना संक्रमणमुक्त भएका छन् ।

पीसीआरबाट सक्रिय संक्रमितको संख्या ३७९ रहेको छ । जसमा काठमाडौं उपत्यकाका संक्रमितहरुमध्ये संस्थागत आइसोलेसनमा ३४, आइृसीयूमा ७ तथा भेन्टिलेटरमा ३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २६ हजार ६७५ जनाले खोप लगाएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.