Home समाचार गढीमाई गोली प्रकरणमा १६ जना पक्राउ

गढीमाई गोली प्रकरणमा १६ जना पक्राउ

by अंकुश दैनिक
1 views

सत्येन्द्र प्रताप सिंह,

रौतहट ।
गढीमाई नगरपालिका वडा ८ धोबिनियामा गाेली चलाएको घटनामा प्रहरीले १६ जनालाई हिरासतमा लिएको हो ।
शनिबार बाटो विस्तार गर्ने बिषयमा गढीमाई नगरपालिका–८ धोबिनियामा बिवाद हुँदा गोली लागेर ५० वर्षीय रामकुमार यादवको मृत्यु भएको थियो ।
सो घटनामा संलग्न भएको आरोपमा १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिएका हुन् ।
घटनामा संलग्न भएको आशंकामा स्थानीय रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगायत पक्राउ परेका हुन् ।उक्त घटनामा निरंन्जन राय यादव, प्रताप यादवसहित ४ जना घाइते भएका थिए ।
सडक विस्तारका क्रममा झडप हुँदा गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो भने
घटनापछि अधिकांशले गाउँ छोडेकाे बताइएको हो ।
मृतक यादवको शव परिवारले बुझ्न मानेको छैन । उनको शव अस्पतालमा राखिएको छ ।
धोबिनिया टोलको साँघुरो बाटोलाई गढीमाई नगरपालिकाले चौडाइ गर्ने क्रममा स्थानीयबीच विवाद हुँदा घटना भएको प्रहरीले जनाएको छ ।
बाटो विस्तार गर्ने क्रममा बाटो छेउका रामईश्वर राय र राजकुमार यादव पक्षबीच विवाद हुँदै आएका थिए । दुबै पक्षले आफ्नो जग्गा बाटोमा पर्न नहुने भन्दै विगत केही दिनदेखि विवाद गर्दै आएका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.