Home समाचार प्रहरीद्वारा अवैध कुखुरा नष्ट

प्रहरीद्वारा अवैध कुखुरा नष्ट

by अंकुश दैनिक
1 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
रौतहटको बौधिमाई नगरपालिका वडा नं. ५ कोपवामा प्रहरीले भारतबाट ल्याउँदै गरेको अवैध कुखुरा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय कोपवा पिपरियाको वरिष्ठ प्रहरी नायब निरिक्षक प्रमानन्द प्रसाद यादवको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीले अवैध कुखुरा नष्ट गरेको हो ।काेपवास्थित अवैध कुखुरा साइकलमा राखी भारतबाट नेपालतर्फ ल्याउने क्रममा गस्ती टोलीलाई देखेर तस्करले साइकल र कुखुरा छाडेर फरार भएका थिए ।

प्रहरीले साइकल -१ थान र १६ वटा कुखुरा बरामद गरी स्थानीय, समाजसेवी, जनप्रतिनिधि र पत्रकारलगायत बौधीमाई न.पा. ५ का स्थानीय उदय चन्द्र यादव, राकेश साह सोनार, नागेन्द्र ठाकुर हजाम, रामअयोध्या यादव, मेधन दास, वडा नं. ६ का वडा सदस्य अरविन्द कुमार साह समेतको रोहबरमा खाल्डोमा पुरेर कुखुरा नष्ट गरिएको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.