Home समाचार रमजानको अवसरमा खाद्यान्न सामग्री वितरण

रमजानको अवसरमा खाद्यान्न सामग्री वितरण

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
रौतहट मध्यभागमा रहेको गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनी प्रसाद जयसवालले मुस्लिम समुदायले मनाउने पर्व रमजानको अवसरमा नगरभरीका मस्जिदमा खाद्यान्न सामग्री वितरण गर्ने कार्य शुरु गरेका हुन् ।
मुस्लिम समुदायले एक महिना मनाउने रोजा / रमजान पर्वलाई सभ्य र भव्य तरिकाले मनाउन सोमबारदेखी खाद्यान्न सामग्री वितरण शुरु गरेका हुन ।
गरुडाका मेयर जयसवालले मुस्लिम समुदायहरुले मनाइने रमजान पर्वले आपसी सद्भाव र मेलमिलाप कायम रहोस् भन्ने शुभकामना दिए ।
गरुडा नगरपालिकाको वडा नम्बर १ जयनगर वडा नम्बर ६ पोठियाही र सोही नगरपालिकाको वडा नम्बर ८ बसबट्टि जिंगडियाको मस्जिदमा विभिन्न किसिमका फलफुल तथा अन्य खाद्यान्न वितरण गरीएको हो ।
विगतमा हुन नसकेका कार्य नगरप्रमुख जयसवालले सबै जातजाति, धर्म र सम्प्रदायलाई समान रूपमा व्यावहार गर्दा आफुहरु निकै हर्षित भएको मुस्लिम समुदायका एक स्थानीयले खुसी व्यक्त गरेका हुन् ।
नगर भरीको सबै मस्जिदमा खाद्य सामग्री वितरण गर्ने योजना रहेको नगरप्रमुख जयसवालले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.