Home समाचार राज्यले पत्रपत्रिकालाई उचित सहयोग गर्न सकेको छैन : सांसद अजय चौरसिया

राज्यले पत्रपत्रिकालाई उचित सहयोग गर्न सकेको छैन : सांसद अजय चौरसिया

by अंकुश दैनिक
1 views

 

बिरगंज ।

मुलुकमा अराजतावादीहरुको बिरोधमा लोकतान्त्रिक शक्तिहरुकाे पक्षमा पत्रकारहरुले कलम चलाउँदै आएको भएता पनि राज्यले पत्रपत्रिकालाई गर्नु पर्ने सहयोग गर्न सकेको छैन। उपरोक्त विचार माननिय अजयकुमार चौरसियाले आज अनलाईन न्युज दैनीक पत्रिकाको एक समारोह बिच विमोचन गर्दै ब्यक्त गर्नु भएको हाे।

प्रमूख अतिथिकाे रूपमा बोल्दै चौरसियाले लोकतन्त्र दिवसकाे शुभकामाना दिंदै पत्रिकाले आउने दिनमा लोकतन्त्र र जनताको पक्षमा आवाज उठाउन सफल होस भनी कामना गर्नु भयो। साे विमोचन समारोहमा नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव दीपेन्द्र चौहानले मीडिया क्षेत्रमा कस्तो खालको लगानी भित्रियो त्यस सन्दर्भमा राज्यले चासो राख्नु पर्ने भन्दै अनलाईन न्युज दैनीकको सफलताको कामना गर्नु भयो।

साे विमोचन समारोहमा नेपाल प्रेस युनियनको केन्द्रिय सचिव अशोक तिवारी, निलिमा पौडेल, नेपाल पत्रकार महासंघको मधेस प्रदेशकाे महासचिव श्याम बञ्जारा,रामनारायण कुर्मी लगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रम पत्रिकाका प्रकाशक अजय साहको अध्यक्षतामा सम्पन्न भएको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.