Home राजनीति रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

by अंकुश दैनिक
1 views

काठमाडौं –

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।

अहिलेसम्म ५६ हजार ५०७ मत गणना भएको छ  । त्यसमध्ये रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् ।

रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि रहेका छन् छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.