Home Top News बारा-२ उपनिर्वाचन : जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित

बारा-२ उपनिर्वाचन : जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित

by अंकुश दैनिक
2 views

बारा ।

बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबाट जनता समाजवादी पार्टीका अध्यक्ष तथा सत्ता गठबन्धन उमेदवार उपेन्द्र यादव निर्वाचित भएका छन्।

६९ हजार १०७ मत खसेकोमा यादवले २८ हजार ४१५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरेका छन्। कुशवाहभन्दा यादवले ५ हजार ८१ मत बढी पाएका छन्।

यस्तै, नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत प्राप्त गर्दा आम जनता पार्टीका अरुण ज्ञवालीले २ हजार ७३८ मत प्राप्त गरेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.