Home समाचार बारुण यन्त्र दुर्घटना हुँदा चालकसहित ५ जना घाइते

बारुण यन्त्र दुर्घटना हुँदा चालकसहित ५ जना घाइते

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।

आगो निभाउन गएको बारुण यन्त्र मंगलवार मध्य राति दुर्घटना हुँदा चालक सहित पाँच जना गम्भीर घाइते भएका छन् ।

गौर नगरपालिका वडा नं ६ सबगढामा आगो लागेको खबर पाउना साथ गएराति साढे १२ बजेको समयमा गौर नगरपालिकाको कार्यालयबाट निस्केको ना.१ ग. ७८८ नंको बारुण यंन्त्र गढवामा दुर्घटना हुँदा चालक करिम अंन्सारी सहित पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको हो ।

सबगढामा रहेको एक पोल्ट्रि फारममा आगो लागेको खबर पाउना साथ गौर नगरपालिकाको कार्यालयमा रहेका बारुण यंन्त्र सहित अग्निनियन्त्रण टोली त्यस तर्फ जाने क्रममा ब्रेक फेल भएर उक्त दुखद दुर्घटना भएको बताइएको हो । दुर्घटना भएको बारुण यंन्त्रले कोल्टे फेर्दै चक्का सहितको भाग माथि भएको हुँदा त्यस भित्र रहेका रेक्स्यु टोलीका सदस्यहरु गम्भीर घाईते भएको गौर नगरपालिकाको कार्यालयबाट बुझिएको छ ।

दुर्घटनामा परेका चालक करिम अन्सारी, दमकल प्रहरीहरु प्रेम केसरी, किशन्द्र साह गम्भीर घाईते हुँदा जिल्ला अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचारको लागि विरगंज पठाएर उपचार भइरहेको तथा सामान्य घाइते दमकल प्रहरी शिवशंकर पटेल, नथुनी पासवानको गौर अस्पतालमा उपचार भईरहेको बताइएको हो । घटना लगतै जिल्ला प्रहरी कार्यालय गौर र स्थानीय बासिन्दाहरुले घाइतेहरुलाई बाहिर निकालेर उपचारको लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैविच, गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले मानविय सेवामा हिडेका बारुण यंन्त्र दुर्घटनामा परेर गम्भीर घाईते भएका साहसी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाबाट व्यहोर्ने बताए । दुर्घटनाको अहिले सम्म ठोस कारण नखुलेपनि ब्रेक फेल भएको हुन सक्ने आशंका रहेको उनले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.