Home Top News एसिसी प्रिमियर कपको उपाधिका लागि नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने

एसिसी प्रिमियर कपको उपाधिका लागि नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने

by अंकुश दैनिक
0 views

काठमाडौं ।

एसिसी प्रिमियर कपको उपाधिका लागि नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो भने यूएई डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले हराउँदै फाइनलमा पुगेको हो ।

अब उपाधिका लागि युएई र नेपालबीच आगामी सोमबार कीर्तिपुर मैदानमा खेल हुनेछ। यस्तै ओमान र कुवेतबीच तेस्रो स्थानको लागि आइतबार खेल हुनेछ ।

यो खेल जित्ने टिम एसिया कपमा छनोट हुनेछ। एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.