Home समाचार विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अधिवेशन रोक्न उच्च अदालतको अन्तरिम आदेश

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अधिवेशन रोक्न उच्च अदालतको अन्तरिम आदेश

by अंकुश दैनिक
1 views

काठमाडौं ।

हिन्दूहरुको छाता संगठन विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अधिवेशन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।

प्राप्त खबर अनुसार चक्रबन्धु अर्यालसहितको एक समूहले अवैध तरीकाले यही बिहीबार विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अधिवेशन गर्ने तयारी गरेपछि परेको रीटमा उच्च अदालत पाटनका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले महाविधेशन रोक्ने अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अन्तरिम आदेशको टुंगो नलागुन्जेल महाधिवेशन रोक्न भन्दै अदालतले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई वैशाख २७ गते बोलाएको आदेशमा उल्लेख छ।

आदेशमा भनिएको छ, ‘निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विपक्षीहरुलाई समेत सुनुवाइमा सरिक गराइ निर्णय गर्नु मनासिव देखिएको हुँदा सो प्रयोजनको लागि मिति २०८०।१।२७ को पेशी तोकी सो को सूचना विपक्षीहरुलाई समेत दिनु होला।

उक्त मितिसम्म विश्व हिन्दु महासंघको मिति २०८०।१।२१ को लागि तोकिएको निर्वाचन अधिवेशनका काम कारबाही नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनी विपक्षीहरुका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ। सोको जानकारी विपक्षीहरुलाई दिनुहोला।’

महासंघकी कार्यवाहक अध्यक्ष टिकादेवी (अस्मिता) भण्डारीले दायर गरेको रिटमा उच्च अदालतले विपक्षीहरुविरुद्ध कारण देखाउ आदेशसमेत जारी गरेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.