Home समाचार नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिको सभापतिमा डा. सुवोध गुप्ता मनोनित

नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिको सभापतिमा डा. सुवोध गुप्ता मनोनित

by अंकुश दैनिक
0 views

बिरगंज ।

नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिको सभापतिमा डा.सुवोधकुमार गुप्ता मनाेनित हुनुभएको छ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति समेत रहेका डा. गुप्ताले महासंघको व्यापार समिति सभापतिकाे महत्त्वपूर्ण जिम्मेवारी पाएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिकाे बैशाख ३ गते बसेकाे पहिलाे बैठकले दिएकाे अख्तियारी अनुसार महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघको विधान ३८(ग) अनुसार व्यापार समितिकाे सभापतिमा गुप्तालाई बैशाख १५ गते मनाेनित गर्दै जिम्मेवारी दिएका हुन् ।

डा. गुप्ता नेपाल दाल चामल तथा तेल उद्योगको केन्द्रीय अध्यक्ष पनि हुन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.