Home मुख्य समाचार हत्या आरोपी रूंगटा भूमिगत

हत्या आरोपी रूंगटा भूमिगत

by अंकुश दैनिक
13 views

वीरगंज/नेपाल दाना उद्योग संघका उपाध्यक्ष प्रदीप रूंगटा विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा परेपछि संघले पदबाट निलम्बन गरेको खबर प्राप्त भएको छ।
मानसिक यातनाका कारण शंकर कँडेलले आत्महत्या गरेको भन्दै उनको परिवारले प्रहरीमा रूंगटासहित चार्टड एकाउनेट जीवन रावल विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएपछि नेपाल दाना संघले निलम्बन गरेको हो।
केही महिना अघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रा.लि.मा संकट देखिएपछि केही शेयर बाँकी राखेर ८५ प्रतिशत शेयर प्रदीप रुङ्टालाई बेचेका थिए । शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्गटा र रावलले अनेक झमेला सिर्जना गरी मानसिक दबाव दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ।
हत्या दुरुत्साहन मुद्दाबाट जोगिन रूंगटा भूमिगत रुपमा विभिन्न शक्ति केन्द्र धाईरहेको बुझिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.