Home Top News सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

by अंकुश दैनिक
0 views

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

राजधाीको बसुन्धरास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

गत पुस १० गते रास्वपा प्रचण्ड नेतृत्वको गठनबन्धनमा सहभागी भएको थियो । रास्वपा सभापति रवि लामिछाने र्नेतृत्वमा सरकारमा सहभागी भएको भए पनि अहिले आएर समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि बसेको बैठकले आजका लागि निर्णय गर्ने भन्दै बैठकमा विभिन्न समितिको टुंगो लगाएको थियो । सत्ता गठबन्धनले रास्वपालाई सरकारमा ल्याउन अनेक प्रयत्न गरेको भए पनि अन्ततः सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.