Home Top News व्यवसायी कँडेल मृत्यु प्रकरण : प्रदीप रूंगटालाई पक्राउ नगरेको भन्दै चितवन बन्द

व्यवसायी कँडेल मृत्यु प्रकरण : प्रदीप रूंगटालाई पक्राउ नगरेको भन्दै चितवन बन्द

by अंकुश दैनिक
7 views

बिरगन्ज ।

व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदीप रुङ्गटालाई हालसम्म पक्राउ नगरिएको भन्दै चितवन बन्द गरिएको छ । व्यवसायी कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वान गरिएको हो। बन्दले राजमार्गमा ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन् । छोटो दुरीका गाडी पनि सहज रुपमा चल्न सकेका छैनन् ।

नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन् । पश्चिमबाट आउने सवारी साधनलाई गैंडाकोटमा नै रोकिएका छन् ।

कांग्रेस चितवनका निवर्तमान कोषाध्यक्षसमेत रहेका पोल्ट्री व्यवसायी शंकर कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा गत मंगलबार साँझ झुण्डिएर आत्महत्या गर्दा छाडेको सुसाइड नोटमा फिड्सका ८५ प्रतिशत शेयर भएका प्रदीप रुङ्गटा र कम्पनीका चार्टड एकाउन्टेन्ट जीवन रावलकै कारणले आत्महत्या गरेको उल्लेख गरेका छन् ।

परिवारले दुवै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा किटानी जाहेरी दिएका छन् । उनीहरु विरुद्ध पक्राउ पूर्जीसमेत जारी गरिएको छ ।

जीवन रावल सिमराबाट बिहीबार राति नै पक्राउ परिसकेका छन् भने प्रदीप अझै फरार छन् । प्रदीप नै आत्महत्या प्रकरणको मुख्य व्यक्ति भएकोले पक्राउ गर्नुपर्ने माग व्यवसायीहरुको छ ।

यसैबीच, कांग्रेस चितवनले शनिबार दिउँसो १ बजेदेखि २ बजेसम्म भरतपुरको चौंविसकोठीमा एक घण्टा पूर्वपश्चिम राजमार्ग बन्द गर्ने जनाएको छ ।

जिल्ला सभापति राजेश्वर खनालले शंकर कँडेल आत्महत्या प्रकरणमा जोडिएका रुङ्गटालाई पक्राउ गर्न ढिला गरेकोले दबाब दिन राजमार्ग बन्द गर्न लागिएको जानकारी दिनुभयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.