Home Top News झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने दश भारतीय पक्राउ

झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने दश भारतीय पक्राउ

by अंकुश दैनिक
1 views

काठमाडौँ :

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई उपत्यकाकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

विभिन्न समयमा नक्कली कागजात तथा ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक डा मनोज केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाहरुले नागरिकता बनाउने टोली स्थलगत रुपमा खटिएको समयमा झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको पाइएको छ ।

पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शङ्खमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन् । यस्तै बिहार घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता छन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देही, बारा, पर्सालगायतबाट नागरिकता लिइएको पाइएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरुको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्डलगायत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु उपत्यकाको शङ्खमुद, कलङ्की, लगनखेल, गोङ्गवु लगायका स्थानमा बसोबास गर्दै आएका प्रहरीले जनाएको छ । उनीहरुको सन् २०२१ देखि हालसम्म भारतीय मतदाता परिचय पत्रमा नाम रहेको प्रहरीले जनाएको छ ।

भारतबाट आएर उनिहरुले कसरी लिए नेपाली नागरिकता ?

पक्राउ पर्नेमा अधिकाशं भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिमपट्टी ग्राम भीमपुरा थाना बेल्थरा रोडका रहेका छन् ।

पक्राउ परेकामध्ये ६ जनाले ०६२÷६३ को जनआन्दोलनपछि तराईका जिल्लामा घुम्ति शिविर सन्चालन गरेर वितरण गरिएको बेला लिएको पाइएको छ ।

सिराहाको मिर्चैया स्थायी ठेगाना देखाएर २०६३ चैत १७ गते जन्मका आधारमा भरतप्रसाद गुप्ताले नागरिकता लिएको पाइएको छ ।

उनीसँग विवाह गरेपछि ज्ञानमती देवी गुप्ताले २०६८ असार ९ गते वैवाहिक अंगिकृत नागरिकता लिएकी थिइन् । यस्तै उनिहरुका छोरा राहुलले २०७० साल वैशाख २९ गते बंसजका आधारमा नेपाली नागरिकता लिएको पाइएको छ । राहुल डाक्टर पनि हुन् । उनीहरुले शंखमुलमा मिठाई पसल सन्चालन गर्दै आएका थिए ।
पक्राउ परेकामध्ये भरत गुप्ताले २०६३ फागुन ७ गते जन्मका आधारमा बाराबाट नागरिकता लिएको, उनकी श्रीमती स्नेहलता गुप्ताले २०६९ पुस ११ गते बंसजका आधारमा नागरिकता लिएको, गोपाल गुप्ताले २०६३ फागुन १८ गते रुपन्देहीबाट नागरिकता लिएको प्रहरीको दाबी छ ।

त्यस्तै, राजेश कुमार गुप्ताले बाराबाट २०६३ फागुन २८ गते र उनकी श्रीमती मिनादेवी गुप्ताले २०६९ पुस ११ गते बंशजका आधारमा नागरिकता लिएको पाइएको छ ।

रामप्रवेश गुप्ताले २०६३ फागुन २१ गते रुपन्देहीबाट जन्मका आधारमा, रामसुन्दर गुप्ताले २०६३ चैत १५ गते जन्मका आधारमा नेपाली नागरिकता लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.