Home समाचार दुगड ग्रुपका लेखापाल सुनको बिस्कुट सहित पक्राउ

दुगड ग्रुपका लेखापाल सुनको बिस्कुट सहित पक्राउ

by अंकुश दैनिक
0 views

बिरगंज ।

भारततर्फ लैजान लागेको ५४ तोला सुन र ८ चाँदीसहित व्यापारिक घरना दुगड ग्रुपका लेखापाल पक्राउ परेका छन् ।

शुक्रबार बेलुका विराटनगर बाट भारत तर्फ जादै गरेको भ्यान चेकजाँचका क्रममा प्रहरीले सुन–चाँदी र भारतीय रकमसहित तीन जनालाई पक्राउ गरेकाे हाे ।

कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कडेलका अनुसार विराटनगर महानगरपालिका– १५ बाट विराटनगर– २ का ५२ वर्षीय बिमल कामत, भारत बिहार कटीहारका ६१ बर्षीय बिनोदकुमार मुरारका र ५६ वर्षीया पुष्पा मुरारका  पक्राउ परेका  छन् ।

विराटनगर २ का कामत  केएल दुगड ग्रपुका  सवारी चालक हुन् । बिनोद र पुष्पा श्रीमान श्रीमती हुन् । बिनोद  केएल दुगड ग्रुपका लेखापाल रहेकाे प्रहरीले बताएकाे छ ।

उनीहरु सवार  को२ च १४९५ नम्वरको इको भ्यानबाट ५३ तोला सुन, ६ किलो चाँदी  र सात लाख ९५ हजार २  सय रुपैयाँ भारतीय रुपैयाँ पनि बरामद भएको  हो  । बरामद सुन  चाँदीका नगद करिब  ९० लाख रुपैयाँ बराबर रहेको प्रहरीले बताएको छ ।

प्रहरीले सुनको  बिस्कुट, सिक्का, कनौती बरामद गरेको थियो ।चाँदीको ढक्का, सिक्का,दाना, कचौरा थाल,  चम्चा, गिलासलगायत कच्चा पदार्थ  बरामद गरेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.