Home Top News सरुवा नमान्ने शिक्षक महासंघ पर्साको निर्णय

सरुवा नमान्ने शिक्षक महासंघ पर्साको निर्णय

by अंकुश दैनिक
0 views

अंकुश संवाददाता,
बिरगंज ।

बिरगंज महानगरपालिकाले बिद्यालयका प्रधानाध्यापकहरुको सरुवा गरेको बिषयलाई लिएर नेपाल शिक्षक महासंघ पर्साले १० बूदे ज्ञापन पत्र बुझाएको छ ।

नेपाल शिक्षक महासंघको बिरगंजमा मंगलवार सम्पन्न विस्तारित बैठकले सरुवा नमान्ने निष्कर्ष निकालेको र १० बूदे ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो ।

शिक्षक महासंघका अध्यक्ष तिर्थराज यादवले शैक्षीक महाशाखा मार्फत महानगर प्रमुखलाई ज्ञापन पत्र बुझाउदै प्रचलीत संघीय शिक्षा ऐनका प्रबन्धको खिलाफ हुने गरी कुनै पनि शिक्षक र बिद्यालय कर्मचारीलाई सरुवा नगर्न माँग गरेका छन् ।

बिद्यालय राम्रो बनाएको प्रधानाध्यापकलाई अर्को बिद्यालय राम्रो बनाउन सरुवा गरीएको हो भन्ने तर्क मान्ने हो भने सरुवा भएका मध्य नराम्रो चाहिको हो भने महासंघका अध्यक्ष यादवले प्रतिप्रश्न गरे ।

राम्रो गर्नेलाई सरुवा गरीएको हो भने त्यहाँ नराम्रो गर्नेलाई ल्याइएको हो भन्ने अर्थ लाग्छ उनले भने सरुवाको पनि यस्तो कारण हुन्छ र ? सरुवा गरीएका शिक्षकहरुका बिषयमा कुनै समस्या छैन तर निहित स्वार्थ पूर्तीका लागि सरुवा भएकोले महासंघ शिक्षकहरुको पक्ष रहेको उनले बताए ।

बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले शिक्षा क्षेत्र सुधार गर्ने भन्दै बिद्यालयका प्रधानाध्यापकहरुको सरुवा गरेको जनाए । महानगर प्रमुख सिंहले बिद्यालयमा राम्रो सुधार गरेका शिक्षकहरुलाई अर्को बिद्यालय राम्रो बनाउनकालागि सरुवा गरीएको दावी गरे ।

शिक्षा सुधारका लागी गरीएको सरुवा नमान्नेहरुलाई कानूनको आधारमा कारवाही गरीने समेत मेयर सिंहले चेतावनी दिए ।

`काग भन्दा मै बाठो छु´ पारा देखाएर टिभी बिरगंजले मेयर राजेशमान सिंहको इसारामा बैशाख २५ गते बेलुका गरेको कार्यक्रम बारेमा पनि शिक्षकहरुले अहिले हल्ला मचाइरहेका छन् ।

शिक्षक महासंघका अध्यक्ष तिर्थराज यादवले महानगरले हाम्रो मांग सम्बोधन नगरे आन्दोलनका थप कार्यक्रम गर्ने बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.