Home Top News भुटानी शरणार्थी प्रकरण: पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

भुटानी शरणार्थी प्रकरण: पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

by अंकुश दैनिक
0 views

काठमाडौं

भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शेर्पा २०७० सालमा रामेछापबाट संसदमा निर्वाचित व्यक्ति हुन् ।

शरणार्थी प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए ।

हाई प्रोफाइल व्यक्ति पक्राउ परेपछि शेर्पा अहिले मोबाइल अफ गरेपछि फरार भएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.