Home समाचार सवारी दुर्घटना न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

सवारी दुर्घटना न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

by अंकुश दैनिक
5 views

सन्तोष रन्जितकार,
बिरगंज ।
“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोल बिरगंजको आयोजनामा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी जनजेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

दुर्घटनाबाट बच्न मोटरसाईकल तथा इ-रिक्सा चालकहरुलाई ट्राफिक नियम सम्बन्धि सचेत गर्नुको साथै स्टिकर र पम्प्लेट पर्चा बितरण गरिएको थियो ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश कुमार चौधरीको अध्यक्षतामा जिल्ला पर्सा बी.म.न.पा.कुम्हालटोल इनर बाइपास रोडस्थित प्रहरी बिट अगाडी सवारी दुर्घटना सम्बन्धि जनजेतना मुलक कार्यक्रम गरिएको अध्यक्ष रमेश कुमार चौधरीले जानकारी दिए।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार श्याम केशी,सल्लाहकार मार्टिन मोक्तान, महिला उपाध्यक्ष सन्जु दहाल, कोषाध्यक्ष सम्झना मल्ल, सदस्य तारा बिष्ट, स्काउट शिक्षक सुखल प्रसाद चौधरी, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार राजा राम साह प्रहरी जवान कुमार बिक लगायतको सहभागीता रहेको थियोे ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.