Home Top News महानगरमा अख्तियार पस्यो

महानगरमा अख्तियार पस्यो

by अंकुश दैनिक
22 views

वीरगंज/माईस्थान मन्दिर अगाडी वीरगंज महानगरले सौन्दर्यकरण नाममा अनियमितता गरेको खबरहरू प्रकाशमा आउनुको साथै सो सम्बन्धमा उजुरी पनि परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले सम्पूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ।

वीरगंज महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जय प्रकाश शाहले बताए अनुसार अख्तियारबाट शर्मा थरको नेतृत्वमा आएको टोलीले सौन्दर्यकरणको सम्पूर्ण कागजात एवं फ़ाइल नियंत्रणमा लिएर गएका छन्।

वीरगंज महानगरपालिका भित्र भएका अनियमितता एवं भ्रष्टाचारसम्बन्धी एक सय वटा भन्दा बढ़ी मुद्दा अख्तियारमा परे पनि त्यसको छानबिन अत्ति नै सुस्त रहेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.