Home Top News भारतमा दुई हजारको नोट नचल्ने

भारतमा दुई हजारको नोट नचल्ने

by अंकुश दैनिक
4 views

काठमाडौं ।

भारतको केन्द्रीय बैंकले भारतीय दुई हजारको नोट नचलाउने घोषणा गरेको छ । भारतको केन्द्रीय बैंक भारतीय रिजर्ब बैंकले शुक्रबार देखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको छ ।

यद्यपी आगामी सेप्टेम्बेर ३० सम्म भने २ हजारको नोटको आधिकारिकता कायम हुने बैंकले एक सूचनामार्फत जानकारी गराएको छ । बैंकको आधिकारिक ट्वीटर ह्याण्डलमा २ हजारको नोट नचलाउने उल्लेख गरेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले सन् २०१६ मा १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि २ हजारको नोट प्रचलनमा ल्याइएको थियो । त्यो घोषणाको ७ वर्षमै २ हजारको नोटलाई बन्द गर्न लागिएको हो ।

बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको २ हजारको नोट बैंकमा जम्मा गर्न आग्रह गरेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.