Home खेलकुद आईपीएलको पहिलो क्वालिफायरमा गुजरात र चेन्नई भिड्दै

आईपीएलको पहिलो क्वालिफायरमा गुजरात र चेन्नई भिड्दै

by अंकुश दैनिक
0 views

काठमाडौं ।

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको पहिलो क्वालिफायर खेल आज हुँदैछ ।

खेलमा गुजरात टाइटान्स र चेन्नई सुपर किंग्स भिड्दै छन् । गुजरात २० अंकसहित शीर्ष स्थानमा रहेर र चेन्नई १७ अंकसहित दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेल्न पाएको हो ।

खेल बेलुकी ७ः४५ बजे चेन्नईमा हुँदैछ । जित्ने टिम फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्न पाउने छ ।

खेलाडीहरुको शक्ति
महेन्द्र सिंह धोनी चेन्नईका लागि काफी छ । उनको कप्तानीमा चेन्नई शुरुआतदेखि खेलिरहेको छ ।

चेन्नईका डेवोन कान्वेले ५८५ रन बनाएका छन् । ऋतुराज गायकवाडले ५०४ तथा तुषार देशपान्डेले २० विकेट लिएका छन् ।

त्यस्तै गुजरातका मोहम्मद शमीले २४ विकेट लिएका छन् । राशिद खानले पनि २४ विकेट नै लिएका छन् ।

शुबमन गिलले ५७६ रन बनाएका छन् । हार्दिक पाण्डेयाको कप्तानीको साविक विजेता गुजरातका युवा खेलाडीहरु एकसे एक छन् ।

हेड टु हेड–
अहिलेससम्म दुवै टिमबचि तीन खेलमात्र भएको छ । तीन पटक नै गुजरात विजयी भएको छ ।

तर प्लेअफमा भने पहिलो पटक आमने सामने हुँदैछन् । गुजरात गत सिजनदेखिमात्रै खेल्न थालेको हो ।

बुधबार इलिमिनेटर
बुधबार इलिमिनेटर खेल हुँदैछ । अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहेर प्लेअफमा पुगेका टिमले इलिमिनेटर खेल्नेछन् ।

लखनउ सुपर जाइन्टस र मुम्बई इन्डियन्स आमने सामने हुँदैछन् । लखनउ १७ अंकसहित तेस्रो तथा मुम्बई १६ अंकसहित चौथो हुँदै प्लेअफमा पुगेको हो ।

जित्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित हुने टिम बाहिरिने छ ।

दोस्रो क्वालिफायर आगामी शुक्रबार खेलिने छ । यो खेल बेलुकी ७ः४५ बजे अहमदाबादमा हुनेछ ।

फाइनल खेल आगामी आइतबार अमहदाबादमै हुनेछ ।

लिग चरणको अंक तालिका 
१० टोली सहभागी लिग चरणका सबै खेलबाट २० अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा रह्यो १७ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रह्यो ।

१७ अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो तथा १६ अंकसहित मुम्बई इन्डियन्स चौथो स्थानमा रह्यो ।

राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोरको समान १४ अंक रह्यो । कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान १२ अंक रह्यो ।

दिल्ली क्यापिटल्सको १० तथा पुछारको सनराइजर्स हैदराबादको ८ अंक रह्यो ।

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.