Home Top News कांग्रेस दुई मन्त्रालयसहित मधेस सरकारमा सहभागी हुँदै

कांग्रेस दुई मन्त्रालयसहित मधेस सरकारमा सहभागी हुँदै

by अंकुश दैनिक
0 views

वीरगन्ज।

नेपाली कांग्रेस दुई मन्त्रालयसहित मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको हो ।

कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीको रूपमा दलका नेता यादव र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको रूपमा वीरेन्द्रप्रसाद सिंहले शपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्रीका स्वकीय सचिव लालबाबु यादवले जानकारी दिएका छन् ।

उनीहरुको आज दिउँसो १ बजे पद तथा गोपनियताको सपथग्रहण कार्यक्रम तय भएको छ । यादव रौतहटको क्षेत्र नम्बर १ प्रदेशसभा (२) बाट विजयी प्रदेश सभा सदस्य हुन् । त्यसैगरी सिंह सर्लाहीको क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थयो ।

अन्य पार्टीको सरकारमा सहभागिताका विषयमा छलफल जारी नै रहेको उनले बताए । लोसपा र नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने विषय टुङ्गिन बाँकी रहेको उनले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.