Home समाचार जसपाका दुई मन्त्री नियुक्त, प्रचण्ड सरकारले पायो पूर्णता

जसपाका दुई मन्त्री नियुक्त, प्रचण्ड सरकारले पायो पूर्णता

by अंकुश दैनिक
0 views

बिरगंज ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महतोलाई मन्त्री नियुक्त गरेका हुन्।

जसपाका नेता महतो मन्त्री नियुक्त भएसँगै प्रचण्ड नेत‌ृत्वको मन्त्रिपरिषद्‌ले पूर्णता पाएको छ।

प्रधानमन्त्रीको सिफारिसमा जसपाकै प्रमिला कुमारीलाई राष्ट्रपति पौडेलले शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरेका छन्। प्रमिला कुमारी यसअघि उपराष्ट्रपतिको उम्मेदवार समेत बनेकी थिइन्।

राष्ट्रपति कार्यालय, शितल निवासका अनुसार महताेले वन तथा वातवरण मन्त्रालयको जिम्मेवारी पाएका छन भने प्रमिलाकुमारीले शिक्षा, बिज्ञान तथा प्रवृद्यि राज्य मन्त्रीको जिम्मेवारी पाएकी छिन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.