Home Top News पेशागत हितको संरक्षणका लागि सबै एकजुट हुनु जरूरी: केन्द्रिय सचिव चौहान

पेशागत हितको संरक्षणका लागि सबै एकजुट हुनु जरूरी: केन्द्रिय सचिव चौहान

by अंकुश दैनिक
7 views

वीरगंज/नेपाल प्रेस युनियनको ३२ औँ स्थापना दिवसको अवसरमा वीरगंजमा प्रभात फेरीको आयोजना गरिएको छ।

वीरगंजको घण्टाघरबाट शुरू भएको प्रभात फेरि नगर परिक्रमा गरि पुनः घण्टा घरमा पुगेर कोण सभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केंन्द्रिय सचिव दीपेन्द्र चौहानले श्रमजीवी पत्रकारहरूको पेशागत हितको संरक्षणमा सबै एक जुट भएर लाग्नु पर्ने आवश्यकता रहेको बताए।

बेलाबखत प्रदेश र संघीय सरकारले जनताको सुसूचित हुने अधिकारमाथि कुठाराघात गर्दै अभिव्यक्ति स्वतंत्रता माथि संकुचन गर्ने कानून निर्माण गर्न पछि नपर्ने गरेको बिगतको दृष्टान्त सम्झाउँदै चौहानले सम्पूर्ण पेशागत संघसंगठनहरू सचेत भई एक ढीक्का भएर अगाडी बढ़नु पर्ने आवश्यकता रहेको बताए।

नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघको केंन्द्रिय सदस्य केसी लामिछाने, नेपाल प्रेस युनियनका केंन्द्रिय सचिव अशोक तिवारी, केंन्द्रिय सदस्य श्रीराम रायमाझी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीलगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बंजारा, विभिन्न संचारसंवद्ध संघसंगठन एवं संचारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

युनियन पर्साका जिल्ला सचिव इरफ़ान अलीले सो कार्यक्रम संचालन गरेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.