Home Top News वरिष्ठ पत्रकार जोशी पुरस्कृत

वरिष्ठ पत्रकार जोशी पुरस्कृत

by अंकुश दैनिक
5 views

काठमाडौं/ वरिष्ठ पत्रकार पद्म राज जोशीलाई स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ।

विश्व धूम्रपानरहित दिवसको अवसरमा बुधबार काठमाण्डौमा आयोजित विषेश समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले हेल्थ टुडे पत्रिकाका प्रधान सम्पादक समेत रहेका बैतडी निवासी पत्रकार जोशीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ सम्मिलित निर्णायक मण्डलले सहभागी भएका स्वास्थ्य पत्रकारहरुमध्ये सबैभन्दा बढी अंक ल्याएका पत्रकार जोशीको नाम पुरस्कारका लागि छनौट गरेको हो ।

लामो समयदेखि पत्रकारिताको माध्यमबाट सूर्तिजन्य पदार्थविरुद्घ जनचेतना विस्तार गर्न र नसर्ने रोगको संक्रमण न्यूनिकरणमा बिशेष योगदान गरेको मूल्यांकनका आधारमा स्वास्थ्य पत्रकार जोशीलाई ५० हजार राशीसहित प्रमाणपत्रसहितको ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

बैतडी घर भई दुई दशकदेखि निरन्तर स्वास्थ्य पत्रकारितामा संलग्न जोशी हाल हेल्थ टुडे राष्ट्रिय मासिक र हेल्थटुडेनेपालडटकम अनलाईनका प्रधान सम्पादक हुन । आमसञ्चार र पत्रकारितामा एमफिल गरेका पत्रकार जोशी स्वास्थ्य पत्रकारिता बाहेक स्वास्थ्य पत्रकारिताको प्रशिक्षण, अध्ययन र अनुसन्धानमा पनि संलग्न छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.