Home समाचार समुदायमा मुख्य न्यायधिवक्ता कार्यक्रम रौतहटमा सम्पन्न

समुदायमा मुख्य न्यायधिवक्ता कार्यक्रम रौतहटमा सम्पन्न

by अंकुश दैनिक
0 views

सतेन्द्र प्रताप सिंह,

रौतहट ।

रौतहट सदरमुकाम गौरमा समुदायमा मुख्य न्यायाधिवक्ता संवाद कार्यक्रम सम्पन्न भएकाे छ ।

सोमबार दिउँसाे नेपाल बार एशाेसियशन रौतहटको सभाहल गौरमा आयाेजित संवाद कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता वीरेन्द्र कुमार ठाकुरले कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यक्रममा मधेश प्रदेश मुख्य न्यायाधिवक्ता कार्यालयले प्रदेश भरिका हरेक जिल्लामा १-१ जना प्रदेश कानून अधिकृत/सहायक अधिकृत नियुक्त गरि असहाय तथा असमर्थ नागरिकलाई नि:शुल्क प्रदान गरिने कानूनी राय सल्लाह, अड्डा अदालतमा गरिने बहस पैरबी, लेखापढी वा कानूनी कारबाहीका सम्बन्धमा उपलब्ध गराउने विभिन्न प्रकारका सेवा सुविधा बारेमा जानकारी गराईएकाे थियाे । कानूनी सहायता अधिकृतले असहाय एवं अशक्त सेवाग्राहीकाे बहस पैरबी गर्ने, लिखत तयार पार्ने, परामर्श सेवा प्रदान गर्ने र कारगारमा रहेका थुनुवा वा बन्दीलाई कानूनी सेवा प्रदान गर्ने लगायत सेवा सुविधा नि:शुल्क प्रदान गर्ने मुख्य न्यायाधिवक्ताप्रदान गर्ने मुख्य न्यायाधिवक्ता ठाकुरले दाबी गरे । रौतहटमा यस्ताे सेवा निःशुल्क लिन चाहने सेवाग्राहीले प्रदेश कानुनी सहायता अधिकृत रतिकान्त झा संग सम्पर्कमा त्यस्ता सुविधाहरू दिनेछ । त्यस्ता निशुल्क सेवा लिन चाहनाले ९८६३१९९३५९मा सम्पर्क गर्न सकिने समेत कार्यक्रममा जानकारी गराईएकाे छ ।

संघियता स्थापना भएकाे छैठाैं वर्षमा आएर मात्र बल्ल प्रदेश सरकारकाे तर्फबाट कानूनी सहायताका बारेमा जिल्ला स्तरमा अभिमुखिकरण गराउने काम गरेकामा धन्यवाद प्रकट सहित व्यंग्य समेत गरे । महिला अधिकारकर्मी गीता कुशवाहाले यस्ताे सेवा सुविधाका बारेमा पालिका लेवलमा प्रचार प्रसार गर्दै न्यायिक समिति लगायत पालिकाका अन्य विभिन्न सराेकारवालाहरुलाई समेत सुसूचित गराईनु पर्ने खाँचाे रहेकाे औंल्याईन् ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पानसमा बत्ति बालेर उद्घाटन गरिएकाे संवाद कार्यक्रममा जिल्ला न्यायाधिश मातृकाप्रसाद मरासिनी , जिल्ला समन्वय समिति रौतहटका सभापति श्री रामायोध्या राय यादव , उच्च अदालतका पुर्व न्यायाधीश वरिष्ठ अधिवक्ता मो. साबिर हुसेन, जिल्ला सरकारी वकिल कार्यालय रौतहटको जिल्ला न्यायधिवक्ता श्री बदरी कुमार कार्की नेपाल बार एसोसिएसन रौतहटको अध्यक्ष नन्दकिशोर साह , त्यस्तै सोही बारको सदस्य सुरेश तिवारी, बार सचिव रमेशकुमार यादव ,मौलापुर नगरपालिकाका मेयर रिना साह, दुर्गाभगवती गाउँपालिकाका उप-मेयर शिला देवी , अनलाइन इ खबरका सोनु कुमार महतो, नन्दभुशन श्रीबास्तव, राधेश्याम साह लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियोे ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.