Home Top News त्रिभुवन विमानस्थल बाहिर प्रहरीले चलायो गोली,एक जना पक्राउ

त्रिभुवन विमानस्थल बाहिर प्रहरीले चलायो गोली,एक जना पक्राउ

by अंकुश दैनिक
0 views

काठमाडौं।

प्रहरीले लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिन त्रिभुवन विमानस्थल बाहिर एक व्यक्तिमाथि गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । गोली लागी घाईते भएका व्यक्तिलाई प्रहरीले उपचारका लागि अस्पतालमा पुर्‍याएको छ।

ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । विमानस्थलको मुख्य प्रवेशद्वारबाहिर कारोबारीमाथि गोली चलाइएको हो ।

गोली चलाउँदा केही बेर सडक अवरुद्ध भएको थियो । प्रहरीको फायरिङमा लागुऔषध कारोबारीलाई घुँडामुनि गोली लागेको छ । घाइतेलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएको छ । उनको साथबाट केही मात्रामा लागुऔषध बरामद गरिएको प्रहरीको दावी छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.