Home Top News अतिक्रमण हटाउने नाममा काखा पाखा

अतिक्रमण हटाउने नाममा काखा पाखा

by अंकुश दैनिक
0 views

सन्तोष रंजितकार,

बिरगंज।

बिरगंज महानगरपालिकाले वडा नम्बर ६ स्थित सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका घरटहरा भत्काउने र नाला सरसफाइको कार्यलाई तिब्रता दिए पनि अतिक्रमण हटाउने क्रममा मुख हेरी काखा पाखा गरिएको स्थानीयहरुले गुनासो गरेका छन् ।

नजिकै अतिक्रमण गरी बनाइएको पुर्व प्रदेश सभा सदस्य राजेश्वर साह तेलीको घर महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले आइतबार नै भत्काउन निर्देशन दिदा पनि नभत्किनुले शंका प्रकट भएको स्थानीयहरुले गुनासो गरेका छन् ।

हिजो नगर प्रमुख सिंहले कैमरा अगाडि भत्काउनु निर्देशन दिनु तर त्यस्को पालना नगराउनुकाे पछाडी कतै अनैतिक कार्य त भएको छैन भनी स्थानीयहरुमा शंका उब्जिएको छ ।

त्यसै गरी जग्गा अतिक्रमण गरी होटेल क्लासिक कोऑपरेटिव बैंकले बनाएको भवन पनि महानगरले कहिले भत्काउछ भनेर स्थानीयहरुले गुनासो गरेका छन्

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.