Home समाचार वर्ल्ड लिंक बिरगंज शाखाद्वारा निःशुल्क सर्बत वितरण

वर्ल्ड लिंक बिरगंज शाखाद्वारा निःशुल्क सर्बत वितरण

by अंकुश दैनिक
0 views

सन्तोष रन्जितकार,

बिरगंज ।
प्रचण्ड गर्मीले आजित बनाइरहेका बेला बिरगंजमा बटुवा , यात्रु, रिक्सा र ठेला चालकहरुलाई निःशुल्क सर्बत र चिसो पानी खुवाइएको छ । वर्ल्ड लिंक बिरगंजले घण्टाघर चोकमा सोमबार दिउँसो निःशुल्क सर्बत र चिसो पानी खुवाएको हो ।

गर्मीबाट थोरै भएपनि राहत पुगोस् भनेर घण्टाघर चोकमा बटुवा, यात्रु ,रिक्सा , ठेला , अटो चालकहरुलाई निःशुल्क सर्बत र चिसो पानी खुवाइएको बिरगंज वर्ल्ड लिंकका प्रबन्धक अरफात देवानले बताए ।

त्यसअवसरमा बिरगंज वर्ल्ड लिंकका रन्जन यादव, मुकेश पटेल, हृदय साह कानु, कारण शाह, सुरेन्द्र यादव,नवीन साह,राजुलाल ठाँकुर लागयतको उपस्तिथि रहेको थियोे ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.