Home Top News मधेस प्रदेश : मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

मधेस प्रदेश : मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

by अंकुश दैनिक
0 views

जनकपुर ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज साँझ विश्वासको मत लिने हुनुभएको छ ।

नेकपा एमाले सरकारबाट बाहिरिएपनि विश्वासको मत लिन आलटाल गरिरहनुभएका मुख्यमन्त्री यादवले संवैधानिक अड्चनबाट बच्न आज साँझ विश्वासको मत दिन लाग्नुभएको हो ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनको लागि आज साँझ ५ बजे प्रदेशसभाको आकस्मिक बैठक बोलाउनुभएको छ । प्रदेशसभा सचिवालयले मंगलबार साँझ ५ बजे प्रदेशसभाको बैठक बोलाइएको व्यहोराको एसएमएस सांसदहरूलाई पठाएको छ ।

यसअघि,प्रदेशसभाका शतप्रतिशत सांसदको विश्वासको मत पाउनुभएका यादवले सत्तारुढ दल एमाले बाहिरिए पनि सरकारसँग दुई तिहाई सांसदको समर्थन रहेको तर्क गर्दै विश्वासको मत लिन आलटाल गरिरहनुभएको थियो ।

सरकारमा सहभागी कुनै एक दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । एमालेले समर्थन फिर्ता लिएको मंगलबार २९ औं दिन हो ।

मुख्यमन्त्री यादवसँग असन्तुष्ट रहँदै सरकारबाट मन्त्री फिर्ता भएको माओवादी (केन्द्र) ले पनि विश्वासको मत दिने जनाएको छ । नेकपा एमालेले भने पक्ष वा विपक्षमा मत दिनेबारे निर्णय गरिसकेको छैन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.