Home समाचार रौतहटको मौलापुरबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ

रौतहटको मौलापुरबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,रौतहट |

रौतहटको मौलापुरबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । रौतहटको इलाका प्रहरी कार्यालय मौलापुरले चेकजाँच गर्ने क्रममा कटुवा पेस्तोल तथा सोमा लाग्ने गोलीसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने दुवै जना सर्लाहीको मलगंवा नगरपालिका वडा नं. ७ का ६५ वर्षीय सबार मोहन राय यादव तथा ४५ वर्षीय उमेश राय यादव रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

युपी ५७ एफ ३२३८ भारतीय नम्बर पलेटको मोटरसाइकलमा वीरगञ्जबाट पूर्वतर्फ जाँदै गरेका दुवै जनामाथि शंका लागेपछि प्रहरीले रोकेर चेक जाँच गर्दा हतियार बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यलय गौरको जिम्मा लगाइएको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले मध्यान्हलाई जानकारी दिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.