Home समाचार मेयर बालेनविरुद्ध नेपाल चलचित्र संघ उच्च अदालतमा

मेयर बालेनविरुद्ध नेपाल चलचित्र संघ उच्च अदालतमा

by अंकुश दैनिक
0 views

काठमाडौं ।

भारतीय फिल्म आदिपुरुषलाई लिएर काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्र हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध नेपाल चलचित्र संघ पाटन उच्च अदालत पुगेको छ ।

 

आदिपुरुषमा जानकी छोरी भारतमा जन्मिएको भन्ने शब्दलाई लिएर प्रमुख शाहले उक्त संवाद नसच्याएसम्म काठमाडौं महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन् । जसविरुद्ध बुधबार संघ उच्च अदालत पाटन पुगेको हो ।

 

संघले दायर गरेको रिट निवेदनमा काठमाडौंका हलमा हिन्दी फिल्म सञ्चालन गर्न दिन अन्तरिम आदेशको माग गरिएको छ । उक्त रिटको पेसी बिहीबारका लागि तोकिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.