Home खेलकुद साफ च्याम्पियनशिप आजबाट, उद्घाटनमा नेपाल र कुवेत भिड्दै

साफ च्याम्पियनशिप आजबाट, उद्घाटनमा नेपाल र कुवेत भिड्दै

by अंकुश दैनिक
0 views

काठमाडौँ ।

पुरुष साफ च्याम्पियनशिप फुटबलको १४ औँ संस्करण आजदेखि भारतमा शुरु हुँदैछ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले कुवेतसँग खेल्दैछ ।

साविक उपविजेतासमेत रहेको नेपाल र कुवेतबीचको खेल दिउँसो ३ः४५ बजे शुरु हुनेछ ।

आजकै अर्को खेलमा भारत र पाकिस्तान भिड्दैछन् । यो खेल ७ः४५ बजे शुरु हुनेछ । 

नेपाल कुवेत भिडन्त

नेपाल आज कुवेतलाई हराउँदै प्रतियोगितामा सुखद शुरुआत गर्न चाहन्छ । तर बलियो टोली कुवेतविरुद्ध नेपाली सहज हुने छैन ।

कुवेत र नेपालबीच पछिल्लो पटक गत वर्षको जेठमा प्रतिस्पर्धा भएको थियो । एएफसी एसिया कप छनोटको तेस्रो चरण अन्तर्गत कुवेतमा भएको खेलमा नेपाल ४–१ ले पराजित भएको थियो ।

नेपाल र कुवेतबीच हालसम्म ९ खेल भएको छ । जसमा ८ खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ ।

१४ औँ संस्करणको लेखाजोखा

यो संस्करणमा आठ टोली सहभागी रहेका छन् । नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । 

समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.