Home समाचार ओलीले सरकार ढाल्ने कोसिस गरिरहेका छन्: अध्यक्ष नेपाल

ओलीले सरकार ढाल्ने कोसिस गरिरहेका छन्: अध्यक्ष नेपाल

by अंकुश दैनिक
0 views

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने कोसिस गरिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेले चलखेल गरेको आरोप लगाएका हुन् । केपी ओलीले कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छौँ भनिरहेको छ -उनले भने ।

उनले कम्युनिस्ट पार्टीका नेताले नै कम्युनिस्ट सरकार ढालेर कांग्रेसलाई प्रधानमन्त्री बनाउन कोसिस गर्नु विडम्बनापूर्ण भएको बताए । उनले मोर्चाबारे ओली बरबराइरहेको बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.