Home समाचार चोरीको मोटरसाईकल सहित एक पक्राउ

चोरीको मोटरसाईकल सहित एक पक्राउ

by अंकुश दैनिक
0 views

 

सत्येन्द्र प्रताप सिंह,

रौतहट ।

प्रहरीले चोरीको मोटरसाईकल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको विरगंज महानगरपालिका वडा नम्बर १० बस्ने दशरथ साह कानुको छोरा बर्ष १९ को अर्जुन साह कानु रहेका छन् ।

गत असार ३ गते दिउँसोको समयमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ स्थित डुमरिया बजारको साईडमा पार्किङ गरी राखेको अबस्थामा मोहन कुमारको नाममा दर्ता रहेको ना. ४५ प. ७५५१ नम्बरको सिबि साइन एसपि कम्पनीको मोटरसाइकल चोरी भएको थियो ।

चोरी खबर पाएपछि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट तत्कालै प्रहरी नायब उपरिक्षक एक नारायण कोईराला समेतको प्रहरी टोली गई खोजतलास गर्ने क्रममा सोही दिन उक्त बाइक फेला पारेको थियो ।

जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ शहिद बजार चोक स्थितमा कानुलाई उक्ते मोटरसाईकल सहित फेला पारी पक्राउ गरेको थियो । पक्राउ परेका कानुलाई सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक उमा शंकर प्रसाद यादवले अंकुशलाई बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.