Home समाचार सदस्यता नपाएको भन्दै पत्रकार महासंघ रौतहट शाखामा ताला

सदस्यता नपाएको भन्दै पत्रकार महासंघ रौतहट शाखामा ताला

by अंकुश दैनिक
1 views

सत्येन्द्र प्रताप सिंह,

रौतहट ।

नेपाल पत्रकार महासंघ रौतहट शाखामा तालाबन्दी भएको छ । केही महिनाअघि नयाँ सदस्यताका लागि आह्वान गरेको भए पनि सदस्यताका लागि महासंघले माग गरेको आवश्यक पर्ने सम्पूर्ण कागजपत्र दिएको भए पनि सदस्यताबाट बन्चित गरिएको भन्दै कृयाशील पत्रकारहरुले तालाबन्दी गरेका हुन।

महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले मनोमानी ढंगले कृयाशील भन्दा पनि आफ्ना आसेपासे, नातावाद अनुसार नयाँ सदस्यता थपेको कृयाशील पत्रकारहरुले आरोप लगाए ।

वर्षौँदेखि निरन्तर समाचार लेखनमा सकृय रहेकालाई पाखा लगाउँदै शुद्धीकरणको नाममा कतिको सदस्यता खोस्ने र कतिलाई मानार्थ सदस्यमा राखिएको महासंघ रौतहट शाखाका पूर्व अध्यक्ष रबिन्द्र साहको आरोप छ ।

नेपाल पत्रकार महासंघले निर्धारण गरेको योग्यता तथा कानुनबमोजिम नभई मनलाग्दी ढंगमा सदस्यता वितरण गरिएकाले आन्दोलनमा उत्रन बाध्य भएको कृयाशील पत्रकारहरुले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.