Home Top News आर्थिक वर्ष २०८०/८१ को बजेट पारित,पक्षमा १४७ मत

आर्थिक वर्ष २०८०/८१ को बजेट पारित,पक्षमा १४७ मत

by अंकुश दैनिक
0 views

काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ । बुधबार दोस्रोपटक बसेको बैठकले बजेट बहुमतले पारित गरेको हो ।

 

बजेट पारित हुनुपर्ने पक्षमा १४७ मत र विपक्षमा १०८ मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिए । तटस्थमा शून्य मत परेकाे छ ।

 

यसअघि बैठकमा सभामुख घिमिरेले विनियोजन विधेयक २०८० बहुमतले पारित भएको घोषणा गरेका थिए । तर, एमालेले विनियोजन विधेयक बहुमतले स्वीकृत भएको आफूहरुलाई नलागेकाले मतविभाजन गर्न माग गरेका थिए ।

 

गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.