Home समाचार बजेट पारित गर्न संसदमा मतविभाजन हुँदै

बजेट पारित गर्न संसदमा मतविभाजन हुँदै

by अंकुश दैनिक
0 views

काठमाडौं ।

विनियोजन विधेयक २०८० पारित भएको एकीन गर्न प्रतिनिधिसभा बैठकमा मतविभाजन गरिँदै छ ।

 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले विनियोजन विधेयक २०८० बहुमतले पारित भएको घोषणा गरे । तर, एमालेका सचेतक विनियोजन विधेयक बहुमतले स्वीकृत भएको आफूहरुलाई लागेकाले मतविभाजन गर्न माग गरे ।

 

सभामुख देवराज घिमिरेले २८ जनामध्ये बढी सदस्यहरुले उठेर मतविभाजनको माग गरिएकाले सोहीअनुसार हुने जानकारी दिए । अहिले मतविभाजनका लागि प्रक्रिया चलिरहेको छ ।

 

गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री डा। प्रकाशशरण महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.