Home समाचार अर्काको खाताबाट ९ लाख रकम निकाल्ने ७ जना प्रहरी नियन्त्रणमा 

अर्काको खाताबाट ९ लाख रकम निकाल्ने ७ जना प्रहरी नियन्त्रणमा 

by अंकुश दैनिक
1 views

सत्येन्द्र प्रताप सिंह,

रौतहट ।

माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुर शाखाको खाताबाट सेवाग्रहीको रकम झिकेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ परेका छ भने ४ जना अझै फरार रहेका छन ।

बृन्दावन नगरपालिका–३ का रामेश्वर राय यादवको खाताबाट गत जेठ ५ गते देखि ७ गते सम्म ९ लाख रुपैया हराएको थिय‍ो ।

यादवको माछापुच्छ्रे बैंकको शाखा कार्यालय वृन्दावनको खाता नं. ०७५००६५३८२८०००१४ मा रहेको रकम जेठ ५ गते ६ गते, ७ गते दैनिक तिन लाखको दरले ९ लाख रकम अन्य बैंकको खाता तथा खल्ती एप्स खाताबाट,एटिएमबाट अनाधिकृत रुपमा रकम ट्रान्सफर गरी ठगी गरेको रौतहट प्रहरीले जनाएको हो ।

वीरगन्ज महानगरपालिका– १६ नगवाका २१ वर्षीय राज नारायण चौरसिया, वडा नं १९ स्थित केहुनी विन्दाबासनीका २१ वर्षीय महम्द मुस्तुफा हवारी, दोलखा बैदेश्वर गाँउपालिका–५ सिमबारी टोलका २९ वर्षीय सुन्दर खड्का, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका–९ पिङगोलाका १९ वर्षीय महेश थापा, उदयपुर रौउतामाई गाउँपालिका–२ भुट्टारका २० वर्षीय केवल रास्कोटी, सिरहा मिर्चैया नगरपालिका–८ भगवानपुरका १९ वर्षीय दिपे सदा र २३ वर्षीय श्रवण दास पक्राउ परेका छन् ।

उनीहरुले अन्य व्यक्तिको खातामा रकम सारेर आर्थिक अपचलन गरेको चन्द्रपुुरका डिएसपी एक नारायण कोइरालाले बताए । पक्राउ परेकाहरुलाई ठगी सम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक कोइरालाले बताए ।

विभिन्न व्यक्तिलाई आर्थिक प्रलोभन देखाई बैकमा खाता खोल्न लगाई खातावालाको मोबाइलमा अनलाइन बैंकिङको यूजर नेम र पासवर्ड समेत लिएर खाताबाट रकम सारेको पाईएको हो ।

घटनामा ११ जना संलग्न रहेको र ७ जना पक्राउ परेको ४ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ६ थान मोवाइल, विभिन्न बैंकको एटीएम १५ थान, मोटरसाइकल १ थान र ६६ हजार नगद रकम बरामद गरेको प्रहरीले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.