Home राजनीति कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

by अंकुश दैनिक
2 views

काठमाडौं ।

सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिने निर्णय गरेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन समझदारी बनेको हो ।

 

‘अहिले गठबन्धनभित्र सबैभन्दा ठूलो संख्या कांग्रेसको छ । त्यसैले, कांग्रेसलाई मुख्यमन्त्री दिनेगरी बाँकी सीट संख्या पनि उहाँहरुलाई नै पुर्याउने जिम्मेवारी दिएका छौं ।’ एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष राजेन्द्र पाण्डेले भने ।

 

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको सरकारले विश्वासको मत नपाएपछि कांग्रेसबाट थापा, माओवादीबाट इन्द्र आङबोले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.