Home समाचार गिरिजा प्रसाद कोईरालाको १००औं जन्म जयन्तीको अवसरमा दीप प्रज्वलन

गिरिजा प्रसाद कोईरालाको १००औं जन्म जयन्तीको अवसरमा दीप प्रज्वलन

by अंकुश दैनिक
26 views

वीरगंज ।

नेपाली राजनीतिका शिखर पुरुष नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजा प्रसाद कोईरालाको १००औं जन्म जयन्तीको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले ‘दीप प्रज्वलन’ गरेको छ ।

सोमबार माईस्थान पार्कमा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको फाउण्डेसन पर्साका अध्यक्ष धिरज गुप्ताले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कॉंग्रेस पर्साका पूर्व उपसभापति दीना प्रसाद गुप्ताले गिरिजाप्रसाद कोइरालाको योगदान स्मरणीय रहने बताए ।

फाउण्डेसन पर्साका अध्यक्ष धिरज गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बीरगंज महानगरपालिका पुर्व उपमेयर सुश्री शान्ति कार्की, बिशिष्ट अतिथिमा दिना प्रसाद गुप्ता, नेपाली कांग्रेसका नेता श्याम पोखरेल, नेपाली कांग्रेस पर्सा क्षेत्र २.का क्षेत्रिय सभापति एवं फाउण्डेसन मधेश प्रदेशका अध्यक्ष मोहम्मद सहाबुद्दीन, ध्रुब नेपाल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.